Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपालमा मङ्गलबार एकै दिन लगातार तीन वटा भुकम्पले धक्का दिएको छ । गोरखाको अजिकोट–३ हंशपुर, दोलखाको लापिलाङ र सिन्धुपाल्चोकको तारामराङ केन्द्रविन्दु बनाएर तीन भुकम्प गएको हो ।
मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । साथै मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मध्यरातमा गएको सो भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो । २०७२ साल वैशाख १२ गते गएको महाभुकम्पपछि लगातार पराम्प र भुकम्पको धक्का दिने क्रम चलिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij