
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजित विजय उत्सवको ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा सहभागी भएका छन् ।
समारोहमा उपस्थित राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए। परेड सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा समेत सरिक भए ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा गएका हुन् । चीनको औपचारिक भ्रमण सकाएर उनी आजै स्वदेश फर्कँदै छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij