
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ स्थिर रहेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यता, चाँदी भने ५ रुपैयाँले घट्दै प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij