
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर भएको छ । आजको मूल्यसूची तय गर्दैै नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ ।
हिजो पनि सोही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंले जनाएको छ । यस्तै, आज चाँदी पनि प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij