
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मुल्य यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ रुपैयाँमा र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो पनि सोही सुनको मूल्यमा कारोबार भएको थियो । यता, चाँदीको मुल्य भने २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij