Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

  • काठमाडौँ ।  नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै एक घण्टासम्म चक्काजाम गरेको छ । 

    images
    images
    images

    गएरातिदेखि लागु हुने गरी नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको हो ।

    images

    अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा चक्काजाम गरेको जनाएका छन् । 

    images

    गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij