Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

  • काठमाडौं । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगु संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगु संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

    images
    images
    images

    महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालले भने, ‘गत वर्षको तुलनामा हाल कम संक्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले संक्रमणको जोखिम बढाउने छ ।’  

    images

    पानी धेरै पर्दा जम्मा हुने पानीमा डेंगु सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । दाहालले पानी संकलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

    images

    उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेंगु रोग लाग्ने गरेको छ । 

    शाखा प्रमुख डा.दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा संक्रमण देखिएको र पाँच जनाभन्दा बढी संक्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए  

    सन् २०२४ मा डेंगु संक्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij