
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३, चित्रेघारीमा भिरबाट लडेर फेरि एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय ५३ वर्षीय बिनोदकुमार बम्जनको मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घरनजिक जंगलमा घाँस काट्न गएकोमा घाँस काट्ने क्रममा अचानक भिरबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि आफन्तहरुले मनमोहन हस्पिटल फर्पिङ लैजाइदै गर्दा बाटोमा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij