
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैया कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मुल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij