
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरिएकोे छ ।
उक्त कार्यक्रममा कुल १०९ विद्यार्थीहरू सहभागी भएका थिए । रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत् कार्यक्रम आयोजना गरेको थियो ।
मकवानपुर जिल्ला बाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याएकी डौफिन राइका मगरलाई यस कार्यक्रममा सम्मान स्वरूप नगद रु १०,००१ प्रदान गरिएको थियो ।
यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा रु. ५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु. २५०० का साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij