Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

पठाओले सुरु गर्‍याे पार्सल सेवा

पठाओले सुरु गर्‍याे पार्सल सेवा

  • काठमाडौँ । नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ । पठाओको कार लाइट (ट्याक्सी)को सेवा ४ वर्ष पूरा भएको अवसरमा बुधबार ‘पठाओ पार्सल’ सेवा सुरू गरिएको हो ।

    images
    images
    images

    कम्पनीका अनुसार अब काठमाडौँ उपत्यकाभित्र कतै सामानहरु पुर्‍याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिनेछ । पठाओले “बिर्सिनु त स्वाभाविक हो! पठाओ पार्सल छँदै छ नि !” भन्ने नाराका साथ सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । यो सेवा पठाओको मोबाइल एप मार्फत लिन सकिन्छ ।

    images

    नेपालका प्रवक्ता शशांक शमशेर थापाले पार्सल सेवा राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको दाबी गर्दै पठाओ सामानहरू पार्सल गर्दा केही हानी/नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत जानकारी दिए । 

    images

    कम्पनीले पार्सल सेवाका लागि पनि पठाओ राइडरहरू नै परिचालन गरिने जनाएको छ । पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij