
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्यमा उक्त गिरावट आएको हो । आइतबारको तुलनामा ३०० रुपैयाँले घटेको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij