
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij