
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij