Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बढ्दो क्रममा सुनको मूल्य

बढ्दो क्रममा सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ८ सयले बढेको छ । सोही अनुरुप १ लाख १२ हजार ७ सय रुपैयाँमा किनबेच भएको छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यस्तै १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 
    यता, चाँदी पनि २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij