
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij