
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाण्डौ । सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कर्भड हल त्रिपुरेश्वरमा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले उपाधिसँगै ६ लाख रुपैयाँ पुरस्कार पाएको छ । दोस्रो भएको एपीएफले तीन लाख रुपैयाँ हात पारेको छ । लिग चरणमा पुलिसले सबै खेल जितेर फाइनल पुगेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij