Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने

  • काठमाडौं । नेपाल सङ्गीत नाट्य प्रज्ञा – प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ ।

    images
    images
    images

    कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ, नेपालभाषालगायत राष्ट्रभाषाका गीत प्रस्तुत हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिए । कार्यक्रमले विविधतामा आधारित नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने प्रतिष्ठानले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij