Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

चिया निर्यात अनुदानका लागि १३ करोड ४१ लाख रुपैयाँ निकासा

चिया निर्यात अनुदानका लागि १३ करोड ४१ लाख रुपैयाँ निकासा

  • काठमाडौँ । नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रम अन्तर्गतको वैदेशिक स्रोत ई.आई. एफ नगद अनुदानका लागि सरकारले १३ करोड ४१ लाख रुपैयाँ थप रकम निकासा गरेको छ ।

    images
    images
    images

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कोष तथा लेखा नियन्त्रक कार्यालयको मागपत्र अनुसार शुक्रबार महालेखा नियन्त्रक कार्यालयले तेस्रोपटक उक्त अनुदान रकम निकासा फुकुवा गरेको हो । 

    images

    यसअघि सोही शीर्षकमा महालेखा नियन्त्रकले दुई पटक गरी ६ करोड ८७ लाख १० हजार रुपैयाँ निकासा गरेको थियो । योसँगै यस वर्ष चिया निर्यातमा कूल २० करोड १९ लाख १० हजार रुपैयाँ निकासा भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij