Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्रका प्रथम महानिरीक्षकको शालिक अनावरण

सशस्त्रका प्रथम महानिरीक्षकको शालिक अनावरण

  • काठमाडौं । सशस्त्र प्रहरी बलका प्रथम महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ र पत्नी नुडुप श्रेष्ठको शालिक अनावरण भएको छ ।

    onlinepatrika
    Arghakhachi

    संखुवासभा जिल्लाको चैनपुर नगरपालिका– ६, दुईबरे, जिरोप्वाईन्टमा उक्त शालिक अनावरण गरिएको हो । उक्त शालिक नुडुप फाउण्डेसन र चैनपुर नगरपालिकाले संयुक्त रुपमा तयार पारेका हुन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले शालिकको अनावरण गरे ।

    AGNI GROUP

    श्रेष्ठ २०५७ माघ १९ गते सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा नियुक्त भएका थिए । २०५९ माघ १२ गते ललितपुरको बागडोलमा मर्निङवाकको क्रमाम उनी पत्नीसहित मारिएका थिए । उक्त घटनामा अंगरक्षक सई सूर्य रेग्मीको पनि ज्यान गएको थियो ।

    शालिक अनावरण कार्यक्रममा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुबेरसिंह राना, सशस्त्रका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, एआईजी बंशीराज दाहाल, पूर्वप्रहरी अधिकृतहरु, चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङ्ग, उपप्रमुख एलिना श्रेष्ठ, जिल्ला न्यायाधीस ध्रुबराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल, नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति डीआईजी कुमार न्यौपानेसहितको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट