Logo

May 27 2025 | २०८२, जेठ १३ गते

May 27 2025 | २०८२, जेठ १३ गते

साढे २८ किलो गन्धकसहित १ जना पक्राउ

साढे २८ किलो गन्धकसहित १ जना पक्राउ

  • काठमाडौं । कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले साढे २८ किलो गन्धकसहित एक जनालाई पक्राउ गरेको छ । गन्धक बारुद तथा विस्फोटक पदार्थ बनाउन प्रयोग हुन्छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा भारत घर बताउने ४२ वर्षीय शिवा गुप्ता रहेको प्रहरीले सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
    साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको हो ।

    images

    उनले के प्रयोजनका लागि गन्धक ल्याएको हो भन्ने पत्ता लागेको छैन । गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाएको थापाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij