
May 27 2025 | २०८२, जेठ १३ गते
काठमाडौं । चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो ।
रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको मुक्ति एन्ड रिभाइभलका गायक मुक्ति शाक्यले बताएका छन । बौद्ध धार्मिक परम्परा अनुसार शनिवार निजी निवासमा उनको पार्थिव शरीरमा पूजा अर्चना गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij