
May 27 2025 | २०८२, जेठ १३ गते
काठमाडौँ । महोत्तरी जिल्लाको सम्सि गाउँपालिकाका लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादव घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीहरुलाई सेवाग्रहीसँग एक लाख २५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो ।
कोभिड १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रमको भुक्तानी प्रयोजनका लागि लेखापाल राउत र कार्यलय सहयोगी यादवले उक्त रकम बुझेको आयोगले जनाएको छ । यसैबीच रुपन्देही जिल्लाको टोटहीमाई गाऊँपालिका वडा नं– ७ मा सडकको पिसीसी र ग्राभेल कार्यको नाँपजाँचको भुक्तानी प्रयोजनका लागि ईन्जिनियर अरविन्द कुमार यादव ४५ हजार घुस लिंदै गर्दा आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij