
May 27 2025 | २०८२, जेठ १३ गते
काठमाडौं । कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा साउदको मृत्यु भएको हो ।
बुधबार बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो । जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij