
May 27 2025 | २०८२, जेठ १३ गते
काठमाडौं । सशस्त्र प्रहरीले २५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधि बोकेको कारसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका– १२ बाह्रबिगाहाबाट करिब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित २९ वर्षीय भारतीय नागरिक मो. इकवाललाई नियन्त्रणमा लिएको हो ।
बीआर ३२ एक्यू १२०२ नम्बरको कारमा औषधि लिएर भारतबाट नेपाल प्रवेश गरेका उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको कारसहितको औषधि र इकवाललाई आवश्यक कारबाहीका लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij