
May 27 2025 | २०८२, जेठ १३ गते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा १ दम्पती लाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ ।
शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरा र उनकी श्रीमती २२ वर्षीया श्रीमती विमलालाई कैदको फैसला सुनाइएको हो ।
बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई २५ वर्षका लागि जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो ।
जिल्लाको सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक बिष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत अवस्थामा भेटिएका थिए । शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij