
May 28 2025 | २०८२, जेठ १४ गते
काठमाडौं । झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं. ३ बस्ने २४ वर्षीया सन्ध्या राई र शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षीया झरना विक रहेकी छन् ।
आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो ।
यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij