Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

काठमाडौंको हनुमानढोका परिसरमा सवारी साधन निषेध

काठमाडौंको हनुमानढोका परिसरमा सवारी साधन निषेध

  • काठमाडौं । काठमाडौं महानगरले हनुमानढोका परिसरमा सवारीसाधन निषेध गरेको छ । महानगरका मेयर वालेन शाहका अनुसार लाखौँ पर्यटकहरु आउने यहाँका सम्पदा हेर्ने, अनुभव गर्ने रमाउने ठाँउ भएकाले सवारीसाधन निषेध गरिएको हो ।

    images
    images
    images

    काठमाडौ मुख्य रुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण रहेको बताउदै मेहयर शाहले सामाजिक सञ्जालमार्फत सवारीसाधन निषेध गर्नुको औचित्य पुष्टि गर्न भनेका छन्, ‘काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । ’

    images

    उनले वसन्तपुर हनुमानढोकामा दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना रहेको र यिनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्येख गरेका छन् ।
    उनी लेख्छन्,‘यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij