
May 28 2025 | २०८२, जेठ १४ गते
काठमाडौं । भोजपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राई रहेका छन् ।
भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैबारीमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेका हुन् ।घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij