
May 28 2025 | २०८२, जेठ १४ गते
काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन् । आइतबार त्यस घटनाको विरोध स्वरूप सबै अदालतमा काम रोकेको सर्वोच्च अदालतका शाखा अधिकृत कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
कर्मचारीहरूको चार वटा संगठनले विरोध गरेको हो । कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएको हो । खाजा समयपछि मात्रै काम गर्ने अधिकृत घिमिरेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij