Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

मुग्लिन–नारायणगढ सडक: पहिरो पन्छाउन अझै केही समय लाग्ने

मुग्लिन–नारायणगढ सडक: पहिरो पन्छाउन अझै केही समय लाग्ने

  • काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही समय लाग्ने भएको छ । सडक डिभिजन भरतपुरका अनुसार गए राति करिब १२ बजे ढुंगासहित खसेको पहिरोको कारण सडक  अवरुद्ध छ ।

    images
    images
    images

    आज बिहानैदेखि पहिरो हटाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
    मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलानजिक पहिरो खसेको हो । बिहानैदेखि पहिरो हटाउने कार्य भइरहे पनि सडक खुलाउन समय लाग्ने प्रहरी निरीक्षक तामाङले बताए ।

    images

    आज बेलुकासम्म दुईतर्फी नै सडक सञ्चालनमा आउन सक्ने उनको भनाइ छ । “बिहानैदेखि पहिरो हटाउने कार्य भइरहेको छ । झर्ने क्रम पनि छ । समय लाग्छ । मेसिनले हटाउने हो,” उनले बाह्रखरीसित भने, “बेलुकासम्म खुल्छ भन्ने अपेक्षा गरेका छौँ ।”

     सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बीचबाटोमा रोकिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij