
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । “जलबायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नारासहित आज असार १५ गते २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस २०८० मनाईदैछ ।
“मानो रोपेर मुरी फलाउने दिन” आज किसानहरु भब्यताका साथ देशभर धान दिवस मनाउँदैछन् ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनता किसान छन् । आज खेतमा काम गरी दही चिउरा खाएर धान दिवस तथा रोपाई महोत्सव मनाइँदै छ । वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल देखि हरेक बर्षको असार १५ लाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij