
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ तोकिएको छ।
सुनको मूल्य घटेसँग चाँदी पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १३७० रुपैयाँमा कारोाबर भइरहेको महासंघले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij