
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले घटेको छ ।
योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij