Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

बालिका बलात्कारको आरोपमा ४७ वर्षीय पुरुष पक्राउ

बालिका बलात्कारको आरोपमा ४७ वर्षीय पुरुष पक्राउ

  • काठमाडौं । उदयपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ८ केवरपानीका ४७ वर्षीय टेकमान मोक्तान (तामाङ) रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

    images
    images
    images

    ​टेकमानले ती बालिकालाई बुधवार दिउँसो उदयपुरगढी ८ केवरपानी गडेरेस्थित झाडीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij