Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

पूर्वराज्यमन्त्री खड्काको निधन

पूर्वराज्यमन्त्री खड्काको निधन

  • काठमाडौं । पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता गणेशबहादुर खड्काको बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सबाट पीडित खड्काको बिहीबार दैलेखको नायणनगरपालिकास्थित आफ्नै घरमा निधन भएको हो । एक हप्ताअगाडि काठमाडौंबाट उपचारपछि घर लगिएको थियो ।

    images
    images
    images

    खड्का दैलेख निर्वाचन क्षेत्र नम्बर-१ बाट तीनपटक निर्वाचित भएका थिए । उनी २०४८ र २०५१ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए, भने २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

    images

    खड्का २०५१ मा सहायकमन्त्री र २०६६ मा राज्यमन्त्री बनेका थिए । खड्का नेपाली कांग्रेस दैलेखका संस्थापक नेता थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij