
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौं । अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार अवैध रूपमा अमेरिका जान लागेका नेपालीलाई अजरबैजानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको जानकारी दिए । १० लाख रुपैयाँ लिएर झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको राजदूत मिलन तुलाधरले बताए ।
अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो । नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कन राजदूत तुलाधरले जानकारी दिए ।
न्यूजअफनेपाल
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij