Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

व्यवसायीहरु विद्युतीय गाडीतर्फ आकर्षित

व्यवसायीहरु विद्युतीय गाडीतर्फ आकर्षित

  • काठमाडौँ । पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयात भएको हो । पेट्रोलियम गाडीको आयातमा कठिनाई भएसँगै व्यवसायीहरु विद्युतीय गाडीतर्फ आकर्षित भएका हुन् । 

    images
    images
    images

    विभागका अनुसार यस अवधिमा अधिकतम् ३ हजार ७५२ वटा १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ११६ वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय सवारी आयात भएका छन् ।

     यसरी एक महिनामा आयात भएका ३ हजार ८७० वटा विद्युतीय सवारीमा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । जसबाट सरकारलाई ३ अर्ब ५ करोड ११ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ ।

     
    विद्युतीय गाडीमा भन्सार, अन्तःशुल्क लगायतको ट्याक्स कम हुँदा सरकारलाई राजस्वमा ठूलो धक्का लागेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij