
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।
योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij