Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्यो आज पनि सुनको भाउ

घट्यो आज पनि सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजारमा किनबेच भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij