
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)मा उपकुलपति पदका लागि आवेदन खुला गरिएको छ । एक सूचना जारी गर्दै नास्टले रिक्त भएको उपकुलपति पदका लागि आवेदन खुलेको जानकारी दिएको हो ।
सूचनामा उक्त पदका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ऐन, २०४८ को दफा १९ को उपदफा (१ क) बमोजिम विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूमध्येबाट सिफारिस गर्नुपर्ने बताइएको छ ।
यसका लागि विज्ञान तथा प्रविधिको क्षेत्रमा आफूले पुर्याएको योगदान, विज्ञान तथा प्रविधिको क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो कार्य योजना र वैयक्तिक विवरण (बायो डेटा) समेत समावेश गरी लिखित रूपमा कार्यालय समयभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।
आइतबार (असार १० गते) सम्म योग्यता पुगेका इच्छुक व्यक्तिले =आवेदन दिन प्रतिष्ठानले आह्वान गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij