
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौं । इटहरीमा सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिने उपसचिवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ, दमक, झापाका आयोजना व्यवस्थापक (उपसचिवसरह) हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रंगेहात पक्राउ गरेको हो ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij