Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

साओमीको सस्तो स्मार्ट टिभी सार्वजनिक

साओमीको सस्तो स्मार्ट टिभी सार्वजनिक

  • काठमाडौं । साओमीले आफ्नो सस्तो स्मार्ट टिभी 'साओमी टिभी ईए४३' (Xiaomi TV EA43) सार्वजनिक गरेको छ । थोरै बेजल्स सहित मेटल कभर भएको ४३ इन्चको यो टिभीको स्क्रिन र बडीको रेसियो ९६.७ प्रतिशत रहेको छ । 

    images
    images
    images

    ४ कोरको ६४ बिट सीपीयु प्रयोग गरिएको यसमा २.४ गिगाहर्ज र ५ गिगाहर्जको डुअल-ब्यान्ड वाइफाइ उपलब्ध छ । त्यस्तै गुणस्तरीय आवाजको लागि ८ वाटको दुईओटा स्पिकर राखिएको छ ।

    images

    साथै दु्ईओटा यूएसबी पोर्ट, दुई एचडीएमआई पोर्ट, एक एभी पोर्ट, एक वायर्ड नेटवर्क पोर्ट, एउटा एन्टेना पोर्ट र एउटा पीडीआईएफ पोर्ट यो टिभीमा उपलब्ध छ । कम्पनीले यो टिभीमा टिभी ३.० को लागि आवश्यक मयूआई उपलब्ध गराएको छ जसले स्मार्ट होम मोड र अफिस मोडलाई पनि सपोर्ट गर्छ ।

    हाल  चिनियाँ बजारको लागि मात्र सार्वजनिक गरिएको यो टिभी चाँडै नै विश्वबजारमा पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ । चिनियाँ बजारमा यो स्मार्ट टिभीको मूल्य ७९९ युआन (साढे १४ हजार रुपैयाँ) तोकिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij