
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । कैलालीमा एक जना युवकलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका ८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरीलाई एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij