Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

जनप्रतिनिधिसहित ८ जना धनगढीमा  पक्राउ

जनप्रतिनिधिसहित ८ जना धनगढीमा  पक्राउ

  • काठमाडौं । धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित बझाङ बिथ्डचिर गाउँपालिका–२ को २८ वर्षीय जिबन बोहराले संचालन गरेको कमल रोशन होटलबाट उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा बझाङ बिथ्डचिर गाउँपालिका–१ का ४३ वर्षीय नरबहादुर बोहरा, २ का ४१ वर्षीय सुरेन्द्र बोहरा, २ कै ४३ वर्षीय रणबहादुर बोहरा, ३४ वर्षीय पबिन्द्र मण्डेल, ३४ वर्षीय देविचन्द्र मण्डल, ३ का २३ वर्षीय चक्र बोहरा, ९ का २६ वर्षीय दिलिप खडका र होटल सञ्चालक बोहरा रहेका छन् । यीमध्ये ३४ वर्षीय पबिन्द्र मण्डेल छबिसपाथिभेरा २ का वडाध्यक्ष हुन् । 

    images

    उनीहरुलाई जुवातास खेलिरहेको अबस्थामा नगद २५ हजार ७ सय र तास ३ गड्डीसहित फेलापारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij