Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

फोन पे र लंका पे बीच समझदारी

फोन पे र लंका पे बीच समझदारी

  • काठमाडौं । नेपालको फोन पे र श्रीलंकाको लंका पे बीच समझदारी भएको छ । फोन पे र श्रीलंकाको राष्ट्रिय पेमेन्ट कम्पनी लंका पेबीच इन्टरअपरेवल नेटवर्क स्थापनाको समझदारी भएको हो ।

    images
    images
    images

    समझदारीपत्रमा फोनका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटा र लंका पेका सीईओ चान्ना डी सिल्भाले हस्ताक्षर गर्नुभएको हो । समझदारीसँगै दुवै देशका नागरिकले एक अर्को देशमा कारोबार गर्न सक्ने भएका हुन् ।

    images

    श्रीलंकन पेमेन्ट प्रयोग गर्नेले नेपालमा र फोन पे गर्नेले श्रीलंका भ्रमणमा कारोबार गर्न सक्ने भएका हुन् । लंका पेले हालसम्म १२ वटा देशसँग क्रसबोर्डर अनलाइन कारोबार सम्झौता गरिसकेको जनाइएको छ ।

    फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटा र निर्देशक विश्वास ढकालले क्रसबोर्डर अनलाइन कारोबार सुरक्षित रहने दाबी गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij