
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौँ । बाढीपीडितका लागि ढोरपाटन नगरपालिकामा आएको पौने तीन करोड रुपैयाँ निर्णयबिनै झिकिएको खुलेको छ । ३ बर्षअघि ढोरपाटन नगरपालिका–९ मा गएको पहिरो पीडितका लागि जुटेको रकम व्यक्तिको नाउँमा चेक काटेर खर्च भएको देखिएको छ ।
ढोरपाटन समाज रुपन्देहीबाट आएका स्थानीयले सो रकम नगर प्रमुख देवकुमार नेपालीलाई दिएको थियो । सोही रकमको खोजी गर्दा हिनामिनाको रहस्य खुलेको हो । समाले ३ लाख ७५ हजार ३ सय ७० रुपैयाँको हिसाब खोजी गरेको थियो । हाल इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा नगर प्रमुख नेपाली फरार छन् ।
एकद्धार प्रणालीअन्तर्गत सहयोग हस्तान्तरण गर्ने भन्दै नगरपालिकाले रकम सबै खातामा जम्मा गरेको थियो । तर अहिले समाजले दिएको रकम नगरपालिकाको खातामा भेटिएको छैन । धेरै दाताले सहयोग गरेपनि रकम वितरण भए / नभएको, पीडितले पाए / नपाएको गुनासो गरेपछि नगरपालिकामा रकमको खोजी भएको थियो ।
नगरपालिकाको खातामा रहेको पौने ३ करोड रुपैयाँ व्यक्तिका नाउँमा झिकेको भेटिएको छ । उक्त रकम हिनामिना भएको ठहरसहित न्यायिक समितिले स्टेटमेन्ट नै सार्वजनिक गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij