
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार पनि छापावाला सुन र तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भइरहको महासघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्य कायम भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij