
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij