
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij